काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश १ को पार्टी भेला आयोजना गरेका छन् । पेरिस डाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी रहेको एक नेताले बताएका छन् ।उनका अनुसार भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे सहभागीहरुलाई ब्रिफिङ्ग गर्ने छन् । स्रोत : अनलाइन खबर
