गायिका टिका सानु र कृष्ण कँडेलको सम्बन्ध विग्रियो ? टिका ले खोलिन सबै अचम्मित पार्ने भित्री रहस्य ! पूरा पढ्नुहोस ।

रास्ट्रिय

काठमाडौ । गायीका टिका सानुले बोलेको एउटा पुरानो भिडियोको अंश भाइरल बनाउँदै इन्द्रेणी कार्यक्रम र त्यसका संचालकसंगको सम्बन्धलाई लिएर भएको टिप्पणी प्रति गायीका टिकाले स्पटिकरण दिएकी छन् । उनले कार्यक्रमका बारेमा बोलेका केही भिडियोको सानो अंश भाइरल बनाएर संचालक कृष्ण कँडेलसंग सम्बन्ध विग्रिएको टिप्पणी गरिएको छ । इन्द्रणी कार्यक्रममा सहभागी भएपछि थप चर्चित भएकी टिकाका बारेमा अहिले सामाजिक सञ्जालमा टिका टिप्पणी भएको छ ।

उनीसंग कार्यक्रम सञ्चालक कृष्ण कँडेलको सम्बन्ध विग्रिएको आशंका गरिएको छ । सोही विषयलाई लिएर गायीका टिकाले सामाजिक सञ्जाल फेसवुक मार्फत लामो स्टाटस लेखेर स्पष्टिकरण दिएकी छन् । आफुले बोकेका कुरालाई काँटछाँट गरेर आफुलाई गलत सावित गर्न खोजिएको भन्दै दुख ब्यक्त गरेकी छन् । उनले कृष्ण कँडेलसंग सम्बन्ध विग्रिएको भन्दै आएका टिप्पणी गलत भएको भन्दै त्यसवारे कृष्णलाई नै भेटेर स्पष्ट पार्ने बताएकी छन् ।

कृष्ण कणेल यतिबेला कार्यक्रमको शिलशिलामा काठमाडौ बाहिर छन् । उनी काठमाडौ फर्किएपछि यसवारे प्रष्ट पार्ने टिका सानुको भनाई छ । उनले फेसवुकमा लेखेको स्पष्टिकरण जस्ता को त्यस्तै :

सबैमा नमस्कार।

नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु हुन्छ। यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्रमको अभियानका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ। म त्यहि कामगर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंशलाई लिएर जुन चर्चा र मेरो आलोचना भइरहेको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ।

उक्त भिडियोमा मैले बोलेका केही राम्रा कुराहरु थिए। बिडम्बना ति कुराहरु सबै आएको पाएको छैन। जुन कुरा भाइरल भएका छन्, ति कुराहरु प्रचार गर्न लायक छैनन्। तर, त्यो भिडियोमा सोझो रुपमा कार्यक्रमका बारेमा परिचित थिएन भन्दा घमण्ड कसरी हुन्छ रु कुनै पनि संस्था र त्यसमाआवद्ध कर्मचारीहरु एकअर्कामा परिपुरक हुन्छन भन्दा के बिराए रु मैले इन्द्रेणीको कार्यक्रमका क्रममा शहरदेखि गाउँवस्तिका भिरपाखा धाएकी छु। २०औं जोर जुत्ता चप्पल फटाएकी छु। केही पाएकी छु, केही गुमाएकी छु। जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो।                   स्रोत : गोर्खाली खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *