मिल्लान् त ओली–नेपाल ? नेकपाका नेता भन्छन् – पार्टी फुटेको बुझ्नु

रास्ट्रिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तीन महिना लामो संवादहीनता तोडेका छन् । मङ्गलबार अपराह्न उनीहरूबीच झण्डै तीनघण्टा भलाकुसारी भयो । आफ्नै कार्यशैलीले अप्ठ्यारोमा पर्दै गएका र पार्टीभित्र अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले सहकार्यको हात अघि बढाए !                                                                                                                                          स्थायी कमिटी बैठकअघि आमुन्नेसामुन्ने भएका ओली–नेपालबीच भदौ २६ पछि पनि संवादको वातावरण बनेको थिएन ।                                                                                पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्तामा उभिएर सरकारलाई कमजोर बनाउन लागेको भन्दै ओलीले बदलाभावले हेरेका थिए । सरकार र पार्टी सञ्चालनमा प्रचण्डसँग चोचोमोचो जोड्दै किनाराकृत गर्न खोजिएको भन्दै नेपालले पनि संवाद बढाउनेतर्फ चासो देखाएका थिएनन् ।

पार्टी अध्यक्षसमेत रहेका ओलीले एककदम पछि हटेर नेपालसँग सहकार्यको अमूर्त प्रस्ताव गरेका छन् ।

नेपालले पनि प्रधानमन्त्री ओलीकै कार्यशैली बाधक रहेको बताउँदै सहकार्य हुनसक्ने सम्भावना व्यक्त गरेपछि नेकपावृत्तमा अनेक चर्चा सुरु भएको छ । ओली–नेपालको पछिल्लो भेटलाई पूर्वएमाले एक हुन लागेको पूर्वसंकेतका रूपमा पनि बुझेका छन्, कतिपयले ।                                                                                          तर, ओलीपक्षीय नेताहरू नै यसलाई खण्डन गर्छन् । प्रधानमन्त्री ओली र नेता नेपालबीच सहकार्य नै हुन नसक्ने अवस्था त विद्यमान नरहेको तर, अहिले नै परिस्थिति पाको नबनिसकेको उनीहरूको मत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *