June 14, 2021

News21Nepal

best site for news

शेयर बजारमा उत्साह : चार बर्ष पछि नेप्से परिसूचक १७०० माथी , अधिकाङ्स कम्पनी को शेयरमूल्यमा सकारात्मक सर्किट ?

बुधबारको शेयर बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । चार वर्ष पछि नेप्से इन्डेक्स १७०० माथि उक्लिएपछि लगानीकर्ताहरु उत्साहित बनेका हुन् ।

बुधबार नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको छ ।

यसअघि २०७३ कार्तिक २९ गते १७०६.२८ विन्दुमा पुगेकाे थियाे । त्यसबेला ७८ कराेड ९ लाख रूपैयाँ मात्रै काराेबार भएकाे थियाे

यस दिनकाे कारोबार रकममा पनि सुधार आएको छ । बुधबार १९५ वटा कम्पनीको एक करोड २५ लाख ३६ हजार ६५१ कित्ता शेयर किनबेच भएर ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँमा बराबरको कारोबार भएको छ । मंगलबार पनि ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एउटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ । यस दिन फाइनान्स समुहको सूचक बहेक सबै सकारात्मक देखिएका हुन् ।

व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ६.२१ प्रतिशत, अन्यको ४.१२, निर्जीवन बीमाको ४.०२ प्रतिशतले बढेको छ ।

६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बुधबार कारोबारमा आएका ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी इक्युटी फण्डको इकाई मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै नागरिक लगानीको कोष र विशाल बजारको शेयरमूलय ९.९८ प्रतिशतले एनआईसी ग्रोथ फण्डको इकाई मूल्य ९.९० र सानिमा जनरल इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ।

आइसीएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.७८ प्रतिशतले घटेको छ । यस्तै सेन्ट्रल फाइनान्सको २.८९ प्रतिशत, निर्धन उत्थानको २.८२ प्रतिशत, माउन्टेन हाइड्रो र सप्तकोशि डेभलपमेन्ट बैंकको शेयरमूल्य २.४० प्रतिशतले घटेको छ ।

यस दिन नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १८ करोड ८६ लाख, एनआइसी एशिया बैंकको १६ करोड ६५ लाख नागरिक लगानी कोषको १५ करोड ४५ लाख र नेपाल लाइफको १५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५३ वटाको घटेको छ । १८ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।