June 14, 2021

News21Nepal

best site for news

को’रोना ले गर्यो रेकर्ड ब्रेक : गत २४ घण्टा मा थपिने सं’क्रमित संख्या झन्डै ८ हजार नजिक ; कोरोनाबाट एकै दिन ५५ जनाको मृ’त्यु ; कहाँ कति संक्रमित…?

पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा को’रोना भाइरस सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा सं’क्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस सं’क्रमणबाट ५५ जनाको मृ’त्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सं’क्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ ।

मंगलबारसम्म देशभर सक्रिय सं’क्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।नेपालमा मंगलबारसम्म कोरोना भाइरस सं’क्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७  हजार ७९० जना सं’क्रमणमुक्त भएका छन् । कोरोना भाइरस सं’क्रमणबाट तीन हजार ४१७ जनाको मृ’त्यु भएको छ ।

स्रोत ; अनलाइन खबर