प्रधानमन्त्रीका वकिलले श्रीमान् बहस गर्दैनौं नाम मात्रै टिपाई पाउँ भनेर यस कारण भने

रास्ट्रिय

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्रीको तर्फबाट अधिवक्ता टिकाबहादुर कुँवरले बहस सिध्याउँदा बुधवार चार बज्न केही मिनेट बाँकी थियो । प्रधानमन्त्री केपी ओलीको तर्फबाट बहस गर्न लयर्स पोडियमतर्फ लम्किए, अधिवक्ता भुवनप्रसाद निरौला । प्रधानन्यायाधीशले भित्ताको घडीमा हेरेर भने–‘अब तपाईंहरुको तर्फबाट अन्तिम अन्तिम भयो होला, भोलि गरौंला ।

बेन्च उठ्ने भएपछि अधिवक्ता निरौलाले प्रधानन्यायाधीशसँग आग्रह गरे– श्रीमान् बहस गर्दिन्, मेरो नाम मात्र टिपाउनका लागि निवेदन गर्छु । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले हाँसेर भने– ‘हुन्छ नि त ।’ जबराले बेन्च असिस्टेन्टलाई नाम टिप्न निर्देशन दिए । वकालतनामा बुझाएका वकिलले इजलासमा नाम टिपाएपछि सो मुद्दामा बहस गरेको ठहर्छ । निरौलाले नाम टिपाएपछि प्रधानमन्त्रीका वकिलहरु तछाड–मछाड गरेर नाम टिपाउन बेन्चतर्फ लम्किए ।

नाम टिपाउने वकिलको ताँती लागेपछि प्रधानन्यायाधीशले भने– ‘आज नाम टिपाएपछि फेरि भोलि बहस गर्न पाउनुहुन्न् नि । त्यसपछि एकजना वकिलले आफ्नो नाम मेटाउन आग्रह गर्दै भने– ‘म भोलि नै बहस गर्छु । प्रधानमन्त्रीका वकिल काशिनाथ मरासिनी, बोलाराम पाण्डे र राजाराम घिमिरे सहित १० जनाभन्दा बढी वकिलले नाम टिपाएका छन् । प्रधानमन्त्रीको तर्फबाट भोलि अन्तिम बहस हुने भएको छ ।

प्रधानन्यायाधीशले बिहिबार चिया ब्रेकअघि बहस सिध्याउन प्रधानमन्त्रीका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।  प्रधानमन्त्रीको तर्फबाट बिहिबार बहस सक्काउने अधिवक्ता रमेश बडालले बताए ।  प्रधानमन्त्री निकट मानिने अधिवक्ता बडालले रातोपाटीसँग भने–‘समयले कति जनाले गर्न भ्याइन्छ, चिया ब्रेकअघि हामी सिध्याउँछौं । स्रोत : रातोपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *